• २०८१ बैशाख १३ बिहीबार

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

kharibot

झापा  । लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत झापाले २०७५ माघ १६ गते लागुऔषध मुद्दामा उनलाई २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै