• २०८१ बैशाख ११ मंगलबार

जापानले मंकीपक्सबाट बच्न बिफरको खोप अनुमोदन

kharibot

प्रतिनिधि तस्बीर

टोकियो । जापानले मंकीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मंकीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिफरको खोप मंकीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । गत महिनाको अन्त्यमा दुईजना आफ्ना नागरिक उक्त रोगबाट पीडित भएपछि सरकारले उक्त खोप प्रयोगको स्वीकृति दिएको हो । 

स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भइनसकेको उक्त मन्त्रालयले बताएको छ । देशमा विफरविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । 

गत महिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आधिकारिकरूपमा मंकीपक्सलाई अन्तरराष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै