• २०८१ बैशाख ७ शुक्रबार

पश्चिम सर्दै मौसम प्रणाली

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट भने वर्षा हुने प्रणाली नेपालको पश्चिमतर्फ सरेको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त प्रणाली पश्चिममा थप सक्रिय हुन थालेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा दक्षिणबाट उत्तरी क्षेत्रमा सरेको छ । पूर्वी क्षेत्रमा सरदर देखिन्छ । 

उक्त रेखा उत्तरतर्फ सर्नु भनेको नेपालको भू–भाग नजिक आउनु हो । यसरी उक्त रेखा नजिक अउनु भनेको त्यस क्षेत्रमा भारी वर्षा गराउने मनसुन प्रणाली सक्रिय हुनु हो । अहिले पूर्वमा सरदरमा झरेकाले वर्षा कम भएको हो । 

नेपालमा पछिल्लो पटक यही १० गतेबाट पूर्वी क्षेत्रमा उक्त न्यून चापीय रेखा सरदरस्थानमा आएको थियो । त्यसपछि उत्तर सर्दै नेपालतर्फ आयो । यसकारण साउन १२ बाट १७ गते साँझसम्म उत्तरतर्फ रहँदा नेपालको पूर्वी क्षेत्रमा बढी वर्षा मापन गरिएको थियो ।

यही वर्षाले कोसीको बहाव उच्च हुन पुग्यो । अहिले पूर्वबाट उक्त रेखा नेपालको पश्चिम क्षेत्र नजिक आएकाले त्यस क्षेत्रमा वर्षा बढी हुने अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै