• २०८१ बैशाख ७ शुक्रबार

हिमालय एयरलाइन्सद्वारा महामारीमा गरेका सामाजिक कामको प्रतिवेदन सार्वजनिक

kharibot

काठमाडौं । हिमालय एअरलाइन्स्, सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको बृद्धिलाई टेवा पुर्याउने कार्यमा मद्दत गर्न सम्बन्धित सबै सरोकारवालाहरूसँग निकटतम घनिष्ठताका साथ काम गर्न सधैं उत्सुक छ । स्थापनाको प्रारम्भिक वर्षदेखि नै हिमालय एअरलाइन्स् सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न छ ।

सन् २०२०–२०२१ अवधिभर गरिएका  विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै, महामारीका वर्षहरूमा आफुले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन जारी गरेको छ ।

विगतका केही वर्षहरूमा, हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको छ । आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू पनि जारी राखेको छ । हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसले हिमालय एअरलाइन्स्को दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण दिन्छ ।

हिमालय एयरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरे । हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो ।

प्रतिवेदन विमोचनमा एयरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख दलीले भनिन्, 'कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै  समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तररुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौं ।'

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा रू. १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भए । त्यस्ता सत्कर्मतर्फ हिमालय एअरलाइन्स् अझ वृहतरुपमा अगाडि बढ्यो । नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन रू. २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन पनि हिमालयले गर्यो ।

यस एयरलाइन्सले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था 'प्रयास नेपाल' लाई पनि साथ दिंदै आएको छ र बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो 'शिक्षातर्फका पाइलाहरू' कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एअरलाइन्सको कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरूको सन्दर्भमा एक वृहत् दृष्टिकोण समेत प्रदान गर्दछ । ती हुनः आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान, आदि । 

हिमालय एयरलाइन्सको बारेमा 

नेपाली नागरिकहरुसँग अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथ नेपाल(चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सको स्थापना सन् २०१४ मा भएको थियो । 

हिमालय एयरलाइन्स जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र नेपालको काठमाडौँ स्थित यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिबीचको संयुक्त सहकार्यमा सञ्चालित छ । 

आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाइन्सले आफ्नो जहाजको संख्यामा ४ वटा विमानहरूस १८० इकोनोमी सीटसहितका तीन ३२०(२१४ एअरबसहरु र १४४ इकोनोमी सीटसहितको एउटा एअरबस ३१९(११५, सञ्चालनमा ल्याएको छ । हिमालय एअरलाइन्स् ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरूस् युएई , मलेसिया, कतार, साउदी अरेबिया, कुवेत  र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाट र चीनसम्म सञ्चालन गरिरहेको छ ।  

व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रिय एअरलाइन्सको रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो ।

सन् २०२० को अगस्तमा हिमालय एअरलाइन्सले गुणस्तरीय व्यवस्थापन प्रणाली (क्यूएमएस) को लागि नेपालमैं पहिलो पटक आइएसओ ९००१: २०१५ प्रमाणीकरण प्राप्त गर्यो । यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनको हरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाइन्स् को दृष्टिकोणअनुरूप जहाज मर्मत(सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्ध गराउने हिमालय एयरलाइन्सको योग्यता पुष्टि गरेको छ । 

सन् २०२१ को डिसेम्बरमा हिमालय एयरलाइन्स सफलतापूर्वक अर्को आइ एसओ ९००१: २०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो वायुसेवा बन्यो । आइएसओ ९००१: २०१५ को मापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापत एअरलाइन्स् ले प्रमाणपत्र प्राप्त गरेको हो। हिमालयलाई उड्डयन सम्बन्धित प्रशिक्षण सेवाहरूसहित हवाई यात्रुहरू र मालवाहक परिवहनहरूका लागि आइएसओ प्रमाणपत्र दिइएको हो । यस उपलब्धिले उच्च कार्यसम्पादन अभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाइन्स् को निरन्तर प्रतिबद्धत्ताको पुष्टि गर्दछ।

हिमालय एयरलाइन्सले सन् २०२१ बाट पहिलेको भन्दा सुरक्षित उडान सुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र स्वचालित बाह्य डिफिब्रिलेटर जडान गर्‍यो । यससँगै हिमालय एयरलाइन्स उक्त यन्त्र जडान गर्ने पहिलो र एक मात्र नेपाली एअरलाइन्स बनेको छ । सुरक्षा, समयमै कार्यसम्पादन र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित हिमालय एअरलाइन्स् ले आफूलाई भरपर्दो एअरलाइन्सको रूपमा स्थापित गरेको छ र दक्षिण एशियामा अग्रणी एअरलाइन्सको रूपमा उभिने उत्कट अभिलाषा राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै