• २०८१ बैशाख १४ शुक्रबार

नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो

kharibot

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो जाँदा सयौं सवारी साधान रोकिन पुगेका छन् ।  भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुन: पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन ।

पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ति भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरुलाई खानपिन, शौंचलगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधवार राति साढे २ बजेतिर मौरी खोला पुलमा फेरी पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ । उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी  खुलाइएको थियो । तर, लगत्तै बुधवार राती पनि सोही ठाउँमा पहिरो गएका कारण सयौं सवारी साधान रोकिन पुगेका छन ।

बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन ।

पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै