• २०८१ बैशाख १४ शुक्रबार

कपिलवस्तुमा नदीले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

kharibot

कपिलवस्तु  । वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ । 

राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो । छोरा निरजको लाई सकुशल उद्दार गरिएको थियो ।

इलाका प्रहरी कार्यालयल पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको शव फेला परेको हो । 

बेपत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै