• २०८१ बैशाख ५ बुधबार

नाग पञ्चमीका अवसरमा संयुक्त रुपमा पूजा

kharibot

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाकाे  नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडीमालिका प्रस्थान गरेको छ ।

तत्कालिन जुम्ला र डोटी राज्यद्धारा नाग पञ्चमीका अवसरमा संयुक्त रुपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोलीसहित कर्मचारी नेतृत्वको टोली बडीमालिका प्रस्थान गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको चार जनाको टोली र भक्तालुहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । 

टोली बडिमालिका प्रस्थान गर्नुअघि जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवार मालिकाको पूजाआज गरिएको साहयक प्रमुख जिल्ला अधिकरी प्रमिला रिजालले बताइन । उनका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पणपछि टोलीलाई बिदाई गरिएको हो ।

नाग पञ्चमीका दिनमा बडीमालिका प्रस्थान गर्ने परम्पराअनुसार जुम्लाको टोली त्यसतर्फ प्रस्थान गरेको सँस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।

बिहीबार प्रस्थान गरेको टोली १७ दिनको पैदल यात्रापछि बडीमालिकामा पुगेर पूजाआजा गरेर खलंगा फर्कनेछ । पहिला अञ्चलाधीश कार्यालय माताहातमा चालिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा हुने गर्छ । 

बडीमालिका माईको पूजाआजा गरेर मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै