• २०८१ बैशाख ६ बिहीबार

बर्दिवासमा आगलागीबाट करोडको क्षति

kharibot

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।

 व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो ।

विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

मोहम्मद फारुकको सो भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् ।

यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पुर्याको छ । अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् ।

जिमखाना सञ्चालकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) रवि रावलले आगलागीबाट करिब एक करोडको क्षति भएको जानकारी दिए । 

माथिल्लो तलामा धुँवा देखिएपछि ओरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए ।

लगत्तै प्रहरी र दमकल पनि पुगेपछि एक घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै