• २०८१ बैशाख ८ शनिबार

भारतबाट घटेर आयो इन्धनको मुल्य

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको मूल्य घटाएर पठाएको छ ।

समोबार पठाएको नयाँ मूल्यसूची अनुसार अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको आयल निगमले जनाएको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

आईओसीले अघिल्लो पटक पनि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । भारतबाट घटेर आए पनि आयल निगमले घटाएको थिएन ।

अव नेपालमा मूल्य नघटाए निगमलाई पेट्रोलमा करिब प्रतिलिटर २ रुपैयाँ नाफा हुने भएको छ भने डिजलमा भने प्रतिलिटर करिव १० रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ । त्यस्तै एलपीजीमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमको दाबी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै