• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण कोरियामा एकै दिन ४४ हजारलाई कोरोना सङ्क्रमण 

kharibot

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

यसैसँगै  यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । 

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ ।

अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४४ हजार सात सय ५६ जना कोरोनामुक्त भएका छन् । 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८७ पुगेको छ ।

यस अवधिमा थप २१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल सङ्ख्या २५ हजार ६८ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै