• २०८१ बैशाख ८ शनिबार

जर्मनीको पबको अनौठो अफर: खाना पकाउने तेल ल्याउनुस्, बियर पिउनुस् !

kharibot

काठमाडौँ । युरोपले हाल खाना पकाउने सूर्यमुखी तेलको अभावको सामना गरिरहेको छ । रुस–युक्रेन युद्धका कारण आपूर्ति प्रभावित भएको छ । जसका कारण खाना पकाउने तेल युरोपेली देशहरुमा पुग्न सकेको छैन । रेस्टुरेन्ट र होटलको अवस्था झनै नाजुक छ । उनीहरुले चाहेर पनि ग्राहकलाई मन पर्ने परिकार खुवाउन सकेका छैनन् ।

यो समस्याबाट बच्न जर्मनीको एक पबले अनौठो तरिका अपनाएको छ । यो म्युनिख पबले सूर्यमुखी तेलको सट्टामा समान मात्रामा बियर प्रस्ताव गरेको छ । त्यसपछि खाना पकाउने तेलको सट्टा बियर लिन मानिसहरु ठूलो संख्यामा आउने गरेका छन् । जसका कारण पबको तेल अभावको समस्या समाधान भएको छ ।

रसिया र युक्रेन विश्वका दुई ठूला सूर्यमुखी तेल उत्पादन गर्ने देश हुन् । युद्ध सुरु हुनु अघि, विश्वको खाना पकाउने तेलको ८० प्रतिशतसम्म रूस र युक्रेनबाट आउने गर्दथ्यो । सूर्यमुखी तेल युरोपमा खानामा व्यापक रूपमा प्रयोग गरिन्छ । युद्धपछि यो तेल युरोप पुग्न सकेको छैन । जसका कारण धेरै देशमा खाद्य तेलको संकट उत्पन्न भएको छ ।

म्युनिख पबको अफर आएपछि धेरैजसोले घरबाट आधा बोतल तेल ल्याएर बदलामा बियर पिउने गर्थे तर एकजना युक्रेन गएर युद्ध प्रभावितलाई सहयोग गर्न पुगे । उनले त्यहाँबाट ८० लिटर सूर्यमुखी तेल ल्याए । त्यसपछि उनले पबमा गएर आफ्नो जन्मदिनको पार्टीमा पूरा तेलको सट्टामा ८० लिटर बियर किने ।

जर्मनीमा एक लिटर सूर्यमुखी तेलको मूल्य सामान्यतया ४.५ यूरो हुन्छ, जबकि एक लिटर बियरको मूल्य ७ देखि ८ यूरोसम्म हुन्छ । पबको यो अफरसँगै मानिसहरूले एकदमै सस्तो दरमा बियर पाउँछन् । रोयटर्सको रिपोर्ट अनुसार यस पबदेखि मानिसहरूले तेलको सट्टा ४०० लिटरभन्दा बढी बियर पिइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै