• २०८१ बैशाख ६ बिहीबार

साफ यू-२० : पहिलो हाफमा भारतविरुद्ध नेपाल १-० गोलले पछि

kharibot

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलमा पहिलो हाफ १-०  गोलले पछि परेको छ ।

 भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेल भारतले नेपालविरुद्ध सुरुआती अग्रता बनाएको हो ।

खेलको ३१ औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।

आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।  

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।

भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै