• २०८१ बैशाख १४ शुक्रबार

जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिने

kharibot

काठमाडौँ । जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अर्थमन्त्रीमा पुनः शर्मालाई दिनु पर्ने सुझाव दिएलगतै शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारी दिएर आजै शपथ गराउन लागिएको ।

बालुवाटार स्रोतले शर्माले आजै साँझ ५ बजेपछि शपथ लिने खरीबोटलाई बतायो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गराएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए ।

अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएको प्रतिवेदन संसदमा पेश गरेपछि माओवादी केन्द्रले शर्मालाई पुनः अर्थमन्त्रीमा अगाडी सारेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै