• २०८१ बैशाख १३ बिहीबार

अर्थमन्त्रीको जिम्मेवारी पुनः जनार्दन शर्मालाई दिने तयारी

kharibot

काठमाडौँ । माओवादी केन्द्रले अर्थमन्त्रीको जिम्मेवारी पुनः जनार्दन शर्मालाई दिने तयारी गरेको छ ।

आज आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अर्थमन्त्रीको जिम्मेवारी पुनः शर्मालाई दिनु पर्ने सुझाव दिएलगतै शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गराएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए ।

अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएपछि उनलाई पुनः अर्थमन्त्रीको जिम्मेबारी दिने तयारी भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै