• २०८१ बैशाख १३ बिहीबार

अफगानिस्तानमा शारिया कानुन कार्यान्वयनका लागि तालिवानको दवाव

kharibot

काबुल ।  मुलुकमा महिला र अल्पसङ्ख्यकको अधिकारको खस्कँदो अवस्थाबारे समाचार आइरहेका समय तालिवान समूहले अफगानिस्तानमा शारिया कानुन लागू गर्न आह्वान गरेको छ ।

तालिवानले अफगानिस्तानको मौलिक संस्कार र संस्कृतिलाई जोगाउन भन्दै इस्लामिक मूल्य मान्यताको संरक्षण गर्नुपर्नेमा जोड दिएको हो ।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका नेता मावलावी हिबातुल्लाह अखुन्दजादाले कान्दहारमा प्रान्तीय गभर्नररूसँग गरेको भेटमा शारिया कानुनमार्फत हरेक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका खामा प्रेसले लेखेको छ ।

“विगत २० वर्षमा शारिया र इस्लाम विरोधी वक्तब्यवाजी धेरै भएका छन् तर जनताले बनाएका कानूनहरू कार्यान्वयनका लागि सही छैनन्,” अफगानिस्तान सरकारका प्रवक्ता जाबिउल्ला मुजाहिदलाई उद्धृत गरी खामाले लेखेको छ । वक्तव्यमा मुलुकका महिला र अल्पसङ्ख्यकसम्बन्धी सबै अधिकार शारियामा आधारित हुनुपर्छ भन्नेमा जोड दिइएको छ । 

सर्वोच्चले दिएको पछिल्लो निर्देशनमा कक्षा छभन्दा माथिका छात्राहरूलाई विद्यालयमा उपस्थित भएर लिइने शिक्षाको पहुँचबाट बञ्चित गरिएको छ । तालिबानले गत वर्ष अगस्टमा अफगानिस्तानमाथि नियन्त्रण पाएदेखि उनीहरुले अफगानिस्तानका महिलाविरूद्ध हुनेगरी नीतिहरूको अख्तियार गर्दै आएको छ ।

यसैबीच, तालिबानले महिला कर्मचारीहरूविरुद्धको उर्दी जारी गर्दै उनीहरूको सट्टामा पुरुष नातेदारहरूलाई पठाउन भनेको छ । आफ्नो अधिकारको हनन गरेको र सरकारी संस्थाहरूबाट महिलाहरूलाई हटाएकोमा अफगान महिलाहरूले तालिबानविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै