• २०८१ बैशाख १३ बिहीबार

बजेट निर्माण कक्षमा सामाजिक सञ्जाल र फोन प्रयोगमा रोक लगाउन समितिको सुझाव

kharibot

काठमाडौं  । करको दर हेफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ । 

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदानप्रदानका अन्य माध्यमहरू (सामाजिक सञ्जाल, भाइवर, म्यासेन्जर, ह्वाट्सएप) लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ,’ सुझव खण्ठमा भनिएको छ । 

समितिले आफ्नाे प्रतिवेदन शुक्रबार प्रतिनिधिसभा बैठकसमक्ष पेस गरेकाे छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै