• २०८१ बैशाख ११ मंगलबार

खानेपानी तथा सरसफाइ विधेयक पारित

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । 

प्रतिनिधिसभाबाट सन्देशसहति विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बैठकमा प्रस्तुत गरेका छन् । 

उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिएका थिए ।

सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए ।

उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वनय तथा दीगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए । राष्ट्रिय सभाको अर्काे बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै