• २०८१ बैशाख १४ शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६१० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

kharibot

काठमाडौँ । दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक १६१० ग्राम सुनसहित पक्राउ परेका छन् ।

बुधबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका यात्रु भारतीय नागरिक यूसुफ हारून त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनको पोका थान-२ (दुई) को अन्दाजी तौल १६१० ग्राम (प्लाष्‍टिक सहित) अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

उनले सो सुन निजले लगाई आएको भित्री वस्‍त्रमा सेतो रंगको प्लाष्‍टिक भित्र लुकाएर ल्याएका थिए ।

उनलाई सुनसहित आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै