• २०८१ बैशाख १२ बुधबार

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको आम्दानीमा ऐतिहासिक गिरावट

kharibot

काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ ।

विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । यस बर्षको दोस्रो क्वाटरमा मेटाको कुल आम्दानी एक प्रतिशत घट्दा कुल २८.८ बिलियन डलर पुगेको छ । अघिल्लो बर्षको दोस्रो क्वाटरमा मेटाको कुल आम्दानि २९.१ बिलियन डलर रहेको थियो । 

यद्यपि कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले निश्चित रूपमा धेरै प्रयोगकर्तालाई आकर्षित गरेपनि फेसबुक र इन्स्टाग्रामको प्रयोगकर्तामा कमि आएको छैन ।

त्यस्तै दोस्रो क्वाटरमा मेटाको दैनिक सक्रिय प्रयोगकर्ताको २.९३ बिलियन रहेको छ । 

योसँगै धेरै कम्पनीहरु विज्ञापन खर्चका लागि प्रतिस्पर्धामा छन् । मेटाले विश्वव्यापी विज्ञापन बजारको २० प्रतिशत हिस्सा लिएको छ । मेटाले आफ्ना लगानीकर्ताहरूलाई आगामी महिनाहरूमा विज्ञापन बिक्री फेरि घट्ने सम्भावना रहेको चेतावनी दिएको छ ।

मेटाका सीईओ मार्क जुकरबर्गले आगामी वर्षमा कम्पनीले नयाँ कर्मचारी भर्नामा तीव्र रुपमा कमी ल्याउने बताएका छन् । यससँगै कम्पनीले होराइजन लगायतका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । यी क्षेत्रहरूमा विकास र बृद्धिको सम्भावना अपार रहेको कम्पनीको कथित दावी छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै