• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, ७ जनाको मृत्यु

kharibot

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन् ।

अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ ।

सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, “एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ । कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको छ । तीमध्ये ६६७ जनामा हैजा सङ्क्रमण देखिएको छ ।”

हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो भने कान्दहार, हेलमन्ड र छिमेकी जाबुलमा सयौं सङ्क्रमित भएको र उत्तरी जावजन र कुन्दुजमा हजारौं व्यक्ति सङ्क्रमित भएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै