• २०८१ बैशाख ११ मंगलबार

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’ 

kharibot

काठमाडौं । फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ ।

प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ ।

जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको हो । 

‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ ।

यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’  निर्देशक परिच्छेद सेनले भने ।

प्रेमगन्ज भारतमा पनि प्रदर्शन हुने प्रेमगन्ज ३ भदौबाट देशभर प्रदर्शन हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै