• २०८१ बैशाख १३ बिहीबार

अफगानिस्तानको हेलमान्डमा विस्फोट हुँदा एक बालकको मृत्यु, ३ जना घाइते

kharibot

अफगानिस्तान । अफगानिस्तानको प्रान्तीय राजधानी लस्कर गाहबाहिर शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशकले शनिबार दिएको जानकारी अनुसार बालबालिका सहित केही दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले कन्टेनरबाट स्क्र्याप धातुहरू ट्रकमा लोड गर्नेक्रममा सो दुर्घटना भएको हो ।

युद्धग्रस्त र आर्थिक रूपमा पिछडिएको अफगानिस्तानमा थुप्रै बालबालिकाहरू जीविकोपार्जन गर्न र आफ्नो परिवारलाई सहयोग गर्न गर्न सडकमा काम गर्न बाध्य छन् ।

अफगानिस्तानलाई संसारमा सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ ।

यहाँ युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायः मानिसहरूको ज्यान लिने गरेको घटना सार्वजनिक भइरहन्छन् ।

करिब दुई महिनाअघि उत्तरी कुन्दुज प्रान्तमा भएको यस्तै घटनामा दुई बालबालिकाको ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै