• २०८१ बैशाख १२ बुधबार

साफ यू-२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो

kharibot

काठमाडौं । भारतमा आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ ।

नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ  (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । 

दोस्रो खेल २७ जुलाईमा श्रीलंका र  तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यू-२० टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख ।
रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा ।
मिडफिल्डरः आयुश घलान  (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी ।
स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै