• २०८१ बैशाख १३ बिहीबार

मर्चवारी गाउँपालिका- कर्मचारी निकालिएकोमा विराेध प्रदर्शन

kharibot

भैरहवा  । रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले  शुक्रबार प्रदर्शन गरेका हुन् । 

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८  जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै