• २०८१ बैशाख ६ बिहीबार

बिल गेट्सलाई प्रेमीका चोरेको आरोप !

kharibot

काठमाडौँ । अमेरिकी अर्बपति मार्क क्युबानले एक अन्तर्वार्तामा बिल गेट्सले आफ्नी प्रेमिकालाई आफूबाट चोरेको खुलासा गरेका छन् ।

६३ वर्षीय मार्क यतिबेला विश्वमा चर्चित नाम हुन् । उनी शार्क ट्याङ्कमा लगानीकर्ता हुन् र यो शोबाट सुपरहिट भएका छन् । मार्कले बताएको यो घटना सन् १९८० को दशकको हो र लस भेगासमा एउटा यस्तो घटना भएको थियो जसलाई उनले आजसम्म बिर्सन सकेका छैनन् ।

हालै पोडकास्ट 'फुल सेन्ड' मा मार्कले यो घटना सन् १९८६ मा कम्प्युटर ट्रेड शो कमडेक्सको समयमा भएको र त्यसबेला बिलको कम्पनी माइक्रोसफ्ट पहिलो पटक सार्वजनिक भएको बताएका छन् ।

मार्क क्युबानका अनुसार उनको उमेर लगभग २६-२७ वर्षको थियो । उनले आफ्नै कम्पनी सुरु गरे । उनले आफ्नी गर्लफ्रेन्डका लागि रक्सी किन्न लागेको थिए सोहि बेला उनको प्रेमिका वाशरूम गइन् । उनी वाशरूम त गइन् तर फर्किएर आइनन् । जब उनी फर्किइनन्, उनी रिसाए र त्यहि समयमा कसैले उनलाई बिल गेट्स ती युवतीलाई लिएर गएको बताए । पोडकास्टमा, क्युबानले भने, 'बिल गेट्सले मेरो प्रेमिका चोरे ।'

मार्क क्युबानका अनुसार यो घटनापछि उनी र बिल गेट्स एकपटक मात्र भेटेका थिए र यो भेटले गेट्सलाई निकै आक्रोशित बनाएको थियो । एक सम्मेलनमा दुवै आमनेसामने भएको र यहाँ दुवैले बोल्ने कार्यक्रम थियो । गेट्सले पहिले बोल्नु पर्ने थियो । बिल गेट्सले उनको अगाडि बोल्ने मौका पाएका थिए । जब उनको पालो आयो, उनले बिल गेट्सलाई मजाक गर्दै सो घटना बताए, जुन उनलाई पटक्कै मन परेन । त्यसयता दुवैबीच आजसम्म कुनै कुराकानी भएको छैन । यस विषयमा गेट्सबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

को हुन् मार्क क्युबान ?

फोर्ब्सको ४०० अर्बपतिको सूचीमा मार्क १७७ औँ नम्बरमा छन् र उनी ४.७ बिलियन डलरको सम्पत्तिका मालिक हुन् । मार्क डलास माभेरिक्स भनिने पेशेवर बास्केटबल टोलीका मालिक हुन् । उनको टोली राष्ट्रिय बास्केटबल संघ (एनबीए) अन्तर्गत दर्ता छ । यसबाहेक उनी २९२९ इन्टरटेनमेन्टका सह-मालिक पनि हुन् । यसबाहेक, एबीसी रियल्टी टेलिभिजन शृंखला शार्क ट्याङ्कको मुख्य लगानीकर्ताहरू मध्ये एक हुन् ।

गेट्सको कम्पनी हाल विश्वको सबैभन्दा ठूलो कम्पनी हो । गेट्स स्वयं आफ्नो परोपकारी कार्यका लागि परिचित छन् । यसका साथै उनका लेक्चर पनि निकै चर्चित छन् । सन् १९९४ मा बिलले मेलिन्डा गेट्ससँग विवाह गरे र सन् २०२१ मा दुवैको सम्बन्धविच्छेद भयो । यी दुईबीच निकै तनाव भयो र सम्बन्धविच्छेद हुनुअघि नै संसारलाई थाहा भयो । जुन समयमा बिल र मेलिन्डाको सम्बन्धविच्छेद हुँदै थियो, त्यही समयमा उनीहरुको अर्को सत्य सबैको अगाडि आएको थियो । सन् २०२१ मा बिलमाथि कार्यस्थलमा यौन उत्पीडनको आरोप लागेको थियो । भर्खरै गेट्सले आफ्नो सम्पूर्ण सम्पत्ति आफ्नो च्यारिटेबल ट्रस्टमा दान गर्ने घोषणा गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै