• २०८१ बैशाख ११ मंगलबार

मोदीसँग भेट हुन सकेन, कारण मलाई पनि थाहा भएन- प्रचण्ड

kharibot

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट हुन नसकेको बताएका छन् ।

आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर काठमाडौं फर्किएका प्रचण्डले प्रधानमन्त्री मोदीसँग भेट हुने भनिए पनि हुन नसकेको बताउदै यसको कारण बारे आफुलाई थाहा नभएको बताएका छन् 

उनले भने- 'आइतबार बिहान पौने १ बजेसम्म पनि आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको थियो, पछि सम्भव भएन भन्ने कुरा आयो । लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि ?   कारण मलाई पनि थाहा छैन ।'

काठमाडौँ फर्किएर प्रचण्डले आफ्नो भ्रमण अपेक्षा गरे अनुसार सफल भएको बताए ।

प्रचण्डले भारत भ्रमणको क्रममा आफुले न्यानो स्वागत पाएको बताउदै प्रधानमन्त्री हुदा जस्तै पाएको स्वागत र यस पटकको स्वागतमा कुनै फरक नरहेको बताए ।

प्रचण्डले यस पटकको भ्रमणमा विदेशमन्त्री जयशंकरसँग संबिधान जारी हुदाको समयमा उनीसँग भएको भेट नमिठो भएपनि यस पटक भने राम्रो छलफल भएको बताए ।

त्यस्तै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासँग भेट भएको बारे स्पष्ट पार्दै आरजु हाल उपचारको क्रममा दिल्लीमा रहेको र दुताबासमा बोलाएर भेट गरेको बताए ।  

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए । 

त्यस्तै प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वत्रासँग डिनर भेटवार्ता गरेका थिए ।त्यस्तै यस भ्रमणका क्रममा प्रचण्डले भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई प्रचण्डले सम्बोधन गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै