• २०८१ बैशाख ८ शनिबार

उत्तरी ग्रीसमा मालबाहक विमान दुर्घटना

kharibot

काठमाडौं । उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ ।

सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उक्त विमान उडेको थियो ।

गाउँको खेतमा खसेको उक्त विमानका भग्नावशेषमा आज बिहानसम्म विष्फोटनका आवाज सुनिएका स्थानीयले बताएका छन् । विमानको अगाडिको भागबाट सेतो धुँवाको मुस्लो पनि उठिरहेको उनीहरूले बताए ।

दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्य सबै युक्रेनी नागरिक रहेका र विमान पनि युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन गरेको सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकारहरूलाई बताएका छन् ।

विमानमा घातक रासायनिक पदार्थ वा विष्फोटक सामग्री अझै बाँकी भएनभएको यकिन गर्न विज्ञहरू दुर्घटनास्थल पुग्ने तयारीमा रहेका ग्रीसका सरकारी अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै