• २०८१ बैशाख १२ बुधबार

वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ- ओली

kharibot

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् ।

नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उनले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राखे ।

उनले चीन र भारतसँग नेपालले सुमुधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । नेता ओलीले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगतिबाहेक अरु केही नभएको प्रष्टिकरण दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै