• २०८१ बैशाख ४ मंगलबार

सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

kharibot

काठमाडौं । काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो । 

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै