काठमाडौँ । विहारका पुर्व मुख्यमन्त्री तथा आरजेडी प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएपछि एयर एम्बुलेन्सबाट दिल्लीस्थित एम्स अस्पताल लागिएको छ । भारतको पुर्व केन्द्रीय रेलमन्त्री समेत रहेका यादव आइतबार राति पटनास्थित निवासमा आफ्नो कोठामा जाने क्रममा सिँढीबाट लडेको बताइएको छ ।
उ
नलाई सोमबार बिहान ३: ३० बजे पटनाको पारस अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनी लगातार पारसको आईसीयूमा राखिएको थियो ।
उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार राति एयर एम्बुलेन्सबाट दिल्लीको एम्स अस्पताल पुर्याइएको भारतीय मिडियाहरुले बताएका छन् ।
यादवको दाहिने कुम भाँचिएको छ भने उनी यस अघि नै मृगौला, मुटु, ब्लड सुगरजस्ता धेरै गम्भीर रोगबाट पीडित छन् ।
उनको अवस्था स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यादवको स्वास्थ्य अवस्था बारे पटनामा बिहारका मुख्यमन्त्री नितिश कुमारले भेट गरेर जानकारी लिएका थिए ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लालुका छोरा तेजश्वी यादवसँग कुरा गरेर स्वास्थ्य अवस्था बारे जानकारी लिएको बताइएको छ ।