• २०८१ बैशाख १३ बिहीबार

नाडाल विम्बल्डनको सेमिफाइनलमा

kharibot

काठमाडौं । पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरेका छन् ।

जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन् । 

नाडालले पछिल्लो पटक सन् २०१० मा विम्बल्डनको उपाधि जितेका थिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै