• २०८१ बैशाख १२ बुधबार

अफगानिस्तान सबै राष्ट्रसँग सुमधुर सम्बन्ध चाहन्छ- तालिवान नेता अखुन्जादा

kharibot

काबुल । तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले बुधबार अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन् ।

“हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन दिन्छौं कि अरू देशहरूको सुरक्षालाई खतरामा पार्न कसैलाई पनि आफ्नो इलाका प्रयोग गर्न दिनेछैनौं । साथै, हामीले अन्य देशहरूले पनि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरून् भन्ने चाहन्छौं,” अखुन्जादाले वार्षिक मुस्लिम पर्व ईद अल–आदाको पूर्व सन्ध्यामा दिएको बधाई सन्देशमा बताएका छन् ।

तालिवान नेताले भने, “आपसी अन्तर्वार्ता र प्रतिबद्धताको परिधिभित्र रहेर हामी अमेरिकालगायत विश्वसँग असल, कुटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध चाहन्छौँ र यसलाई हामी सबै पक्षको हितमा विचार गर्छौं ।”

अफगानिस्तानले जुलाई ९ मा पूर्णचन्द्रोदयको दृष्यलाई दर्शन गरेपछि ईद अल–आदा मनाउँदै छ ।

गत अगस्टमा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि वासिङ्टनले तालिबानले चलाएको प्रशासनमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अर्ब अमेरिकी डलरभन्दा बढी रकम रोक्का गरेको छ ।

युद्धग्रस्त मुलुकको अर्थतन्त्रमाथि नै खलल पर्ने गरी विदेशमा रहेको अफगानी मुद्रा रोक्का गरिएपछि अहिले अफगानिस्तानले व्यापक आर्थिक अभाव झेल्दै आएको र तालिबान प्रशासनलाई अफगानीहरूले सामना गरिरहेका सबै समस्याहरूबारे जानकारी रहेको अखुन्जादाले बताए ।

उनले भने, “अर्थतन्त्र बलियो बनाउनु, मुलुकको पुनःनिर्माण गर्नु र बाँकी रहेका समस्याहरू हटाउनु हामी र हाम्रो राष्ट्रको साझा जिम्मेवारी हो । सबै जायज कुरामा मिलेर काम गरौं, एकले अर्कालाई सहयोग गरौं र यो देशलाई समृद्ध बनाऔं ।"  उनले भने, “इस्लामिक इमिरेटले देशका गरिब, अनाथ तथा अपाङ्ग तथा अन्य खाँचोमा परेका व्यक्तिका परिवारका आवश्यकतामा विशेष ध्यान दिन्छ ।” 

अखुन्दजादाले अफगानीहरूलाई सद्भावना, भ्रातृत्व र एकताका साथ आफ्नो अर्थव्यवस्था सुदृढ गर्न एकजुट हुन र देश पुनर्निर्माण गर्न पनि उक्त अवसरमा आग्रह गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै