• २०८१ बैशाख ५ बुधबार

अर्थमन्त्री शर्माले संसदमा बोल्दा एमालेको बैठक बहिष्कार

kharibot

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोलिरहेको बैठक बहिष्कार गरेको छ ।

अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन विशेष समिति गठन भएपछि सभामुखले अर्थमन्त्रीलाई बोल्ने अवसर दिएपछि एमालेले विरोध गर्दै बैठक बहिष्कार गरेको हो ।

बैठक बहिष्कार गर्नु अघि प्रतिनिधि सभामा बोल्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीको बारेमा संसदीय विशेष समिति गठन भएपछि अब संसदमा बोल्ने नैतिक आधार नभएको बताए ।

गम्भीर प्रकृतिको गल्ति गरेपछि संसदीय समिति गठन भएको भन्दै उनले अर्थमन्त्री शर्मालाई कारवाही गर्ने आधार रहेको उनले बताए ।

सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई गम्भीर आरोप लागेकोले पदमा राखेर छानबिन हुननसक्ने बताउदै राजीनामा दिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थमन्त्रीलाई बर्खास्त गर्न आग्रह गरेका छन् ।

सांसद भट्टराईले अब संसदीय छानबिन समितिले पुर्व अर्थमन्त्रीको रुपमा बयान लिने बताउदै पदमा रहेर छानबिन हुन नसक्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै