• २०८१ बैशाख १३ बिहीबार

सम्हालियो नेप्से, १३ अंकले बढ्यो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेप्सेमा बुधबार १३.३३ अंकको बृद्धि भएको छ । आज नेप्से सूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो ।  एक समय नेप्से घटेर २ हजारबाट ओरालो लागेपनि कारोबार समयको अन्त्य तिर सम्हालिदै १३ अंकको बृद्धि भएको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.९४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले बढेको छ ।

त्यस्तै बुधबार २२८ कम्पनिको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब १७ करोड ८६ लाखको कारोबार भएको छ ।

आज लाइफ इन्सुरेन्स कर्पोरेसनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सीवाइसी लघुवित्त कम्पनिको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज एनसीसी डिभेन्चरको शेयर मुल्य सबैभन्दा बढी ५.८९ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा गोर्खा फाइनान्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ११ करोड ७२ लाखको कारोबार भएको छ भने लाइफ इन्सुरेन्स कर्पोरेसनको ११ करोड ५३ लाखभन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै