• २०८१ बैशाख १२ बुधबार

लालु यादवको स्वास्थ्य अवस्था बिग्रियो, एयर एम्बुलेन्सबाट दिल्ली लगिदै

kharibot

काठमाडौँ । विहारका पुर्व मुख्यमन्त्री तथा आरजेडी प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

भारतको पुर्व केन्द्रीय रेलमन्त्री समेत रहेका यादव आइतबार राति पटनास्थित निवासमा आफ्नो कोठामा जाने क्रममा सिँढीबाट लडेको बताइएको छ ।

उनलाई सोमबार बिहान ३: ३० बजे पटनाको पारस अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनी लगातार पारसको आईसीयूमा छन् । उनीहरूलाई सास फेर्न गाह्रो भएकोले अक्सिजन दिएर राखिएको बताइएको छ । यादवको दाहिने कुम भाँचिएको छ भने उनी यस अघि नै मृगौला, मुटु, ब्लड सुगरजस्ता धेरै गम्भीर रोगबाट पीडित छन् ।

पछिल्लो तीन दिनदेखि पटनाको पारस अस्पतालको आईसीयूमा भर्ना रहेका यादवलाई थप उपचारका लागि आज साँझ एयर एम्बुलेन्सबाट दिल्ली एम्स लगिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

उनको अवस्था स्थिर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आसिफ रहमानले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यादवको स्वास्थ्य अवस्था बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष सोनिया गान्धी र मुख्यमन्त्री नितिश कुमारले लगातार जानकारी लिइरहेको बताइएको छ । लालु प्रसादका शुभचिन्तकहरूले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै