• २०८१ बैशाख ११ मंगलबार

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

kharibot

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि संसद सचिवालयले सूचना टाँसेर बैठक सारिएको जानकारी दिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागिरहेको बेला अर्थमन्त्री शर्माले आज आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहे पनि एमालेले असहमति जनाएपछि बैठक बस्न नसकेको हो ।

एमालेले यस अघि पनि संसदमा मन्त्री शर्मालाई बहिस्कार गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै