• २०८१ बैशाख ७ शुक्रबार

बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि भएमा कारवाही भोग्न तयार छौँ- निर्वाण चौधरी

kharibot

काठमाडौँ । बजेट निर्माणक क्रममा चौधरी ग्रुपको सहभागिता रहेको विषय मिडिया र सामाजिक सञ्जालमा आएपछि चौधरी ग्रुपले आफ्नो प्रतिक्रिया दिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल मार्फत आफुहरुको संलग्नता कहिँ कतै पुष्टि भए कारवाही भोग्न तयार रहेको बताएका छन् ।

उनले हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नका लागि तयार रहनेछन् भन्ने अपेक्षा रहेको उल्लेख गरेका छन् ।

चौधरीले भनेका छन्- 

बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै