• २०८१ बैशाख ८ शनिबार

रिचार्लिसनलाई एक खेलको प्रतिबन्ध

kharibot

काठमाडौँ । हालै प्रिमियर लिग क्लब एभर्टनबाट टोटनह्याम आएका ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई इङल्याण्डको फुटबल फेडेरेसनले एक खेलको प्रतिबन्ध लगाएको छ ।

फेडेरेसनले गत मे १ मा एभर्टनको चेल्सीविरुद्ध भएको खेलमा गोल गरेपछि सेलिब्रेसन गर्ने क्रममा रिचार्लिसनले आगोको फ्लायर दर्शकदीर्घामा फालेका थिए ।

फेडेरेसनले सो घटनाको छानबिन गर्दै रिचार्लिसनलाई एक खेलको प्रतिबन्ध र २५ हजार पाउण्ड जरीवाना गरेको छ । सो खेलमा रिचार्लिसनको सोहि गोलमा एभर्टनले चेल्सीमाथि जित हासिल गरेको थियो ।

रिचार्लिसनले एफएको छानबिन टोलिसँग आफ्नो गल्ति स्वीकार गरेको फेडेरेसनले उल्लेख गरेको छ ।

२५ बर्षिय रिचार्लिसन एभर्टनबाट ६० मिलियन डलरमा केहि दिनअघि मात्र टोटनह्याम आएका छन् भने अब टोटनह्याममा उनले पहिलो खेल गुमाउने भएका छन् ।

टोटनह्यामले अब आउदो सिजनको प्रिमियर लिगको शुरुवात आगामी अगस्त ६ मा साउथहम्पटनसँग खेलेर गर्दै छ ।  
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै