• २०८१ बैशाख ७ शुक्रबार

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

kharibot

काठमाडौ  । काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाईते भएका छन् । 

मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाईते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो ।  

घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलिको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै