• २०८१ बैशाख ७ शुक्रबार

भारतविरुद्धको टेस्टमा इङल्याण्ड जित नजिक

kharibot

काठमाडौँ । जारी टेस्ट खेलमा भारतविरुद्ध इङल्याण्ड जित नजिक पुगेको छ । भारतले दिएको ३७८ रनको लक्ष्य पछाइरहेको इङल्याण्डले चौथो दिनको खेल सकिदा ३ विकेट गुमाउदै २५९ रन बनाए पछि अब जितका लागि केबल ११९ रन आवश्यक रहेको छ ।

अब खेलको पाँचौ दिन इङल्याण्डलाई यो टेस्ट जित्न ११९ रन बनाउनु पर्ने छ जबकी उसका ७ विकेट अझै बाँकी रहेका छन् ।

इङल्याण्डका लागि जो रुटले अविजित ७६ र जोनी बयरस्टोले अविजित ७२ रन बनाएर खेलिरहेका छन् । रुट र बयरस्टोबीच चौथो विकेटका लागि १५० रनको साझेदारी बनिसकेको छ ।

यसअघि पहिलो इनिङमा ४१६ रन बनाएको भारतले, इङल्याण्डले पहिलो इनिङमा २८४ रन मात्र बनाएपछि १३२ रनको अग्रता हासिल गरेको थियो ।

त्यस्तै खेलको चौथो दिन दोस्रो इनिङमा भारत २४५ रन बनाएर अल आउट भएपछि इङल्याण्डले यो टेस्ट जित्न ३७८ रनको लक्ष्य पाएको छ ।

अघिल्लो बर्ष स्थगित भएको ५ खेलको यस टेस्ट सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै