• २०८१ बैशाख ८ शनिबार

इरिक्सन म्यानचेस्टर युनाइटेड जान सहमत

kharibot

काठमाडौँ । क्रिस्टियन इरिक्सन म्यानचेस्टर युनाइटेड जाने भएका छन् । ३० बर्षिय डेनिस खेलाडी इरिक्सन युनाइटेड जान मौखिक रुपमा सहमति भएका छन् । 

२०२० को युरोकपमा मैदानमा ढलेपछि फुटबलमा पुनरागमन गरेका थिए । उनको ब्रेन्टफोर्डमा सम्झौता सकिएकोले फ्री-ट्रान्सफरमा युनाइटेड जाने भएका हुन् ।

इरिक्सनले युनाइटेडमा तीन बर्षको सम्झौता गर्ने तयारी गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

यद्यपी इरिक्सनको मेडिकल परिक्षण लगायतको लिखित सम्झौता भने बाँकी रहेको छ । ब्रेन्टफोर्डमा आएपछि ११ खेलमा एक गोल र चार असिस्ट गरेका थिए ।

इरिक्सन विश्व फुटबलमा उत्कृष्ट प्लेमेकरको रुपमा परिचित छन् । उनको आगमनले युनाइटेडको मिडफिल्ड बलियो हुने अनुमान गरिएको छ । अझ क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने बताइरहेका बेला इरिक्सनको आगमनले केहि राहत हुने देखिएको छ ।

रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने चाहना व्यक्त गर्दै राम्रो अफर आएमा क्लब छोड्ने जानकारी गराएको रिपोर्ट बाहिर आएको छ । उनी सोमबार देखिको प्रशिक्षणमा पनि पारिवारिक कारण देखाएर अनुपस्थित रहेका छन् । रोनाल्डोलाई चेल्सीले भित्र्याउने पहल गरिरहेको बताइएको छ । तर युनाइटेडले भने रोनाल्डोलाई नबेच्ने बताउदै आएको छ ।

त्यस्तै युनाइटेडले २२ बर्षिय युवा लेफ्ट ब्याक डच खेलाडी टिरेल मलासियालाई भित्र्याउने निश्चित भएको छ ।      

    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै