• २०८१ बैशाख १३ बिहीबार

क्रिस्टोफे गाल्टिएर पिएसजीको नयाँ प्रशिक्षक

kharibot

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले क्रिस्टोफे गाल्टिएरलाई आफ्नो नयाँ प्रशिक्षक बनाउने भएको छ । खेल पत्रकार फब्रिजियो रोमानोका अनुसार क्रिस्टोफेलाई पिएसजीले मंगलबार प्रशिक्षकको रुपमा घोषणा गर्ने भएको हो ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई हटाएर उनको ठाउमा क्रोस्टोफेलाई भित्र्याउने तयारि गरेको छ । पोचेट्टीनोलाई पिएसजीले च्याम्पियन्स लिगको असफलतापछि हटाएको हो । पोचेट्टीनो जनवरी २०२१ मा पिएसजीको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा पिएसजी च्याम्पियन्स लिगमा असफल भएपनि यस सिजनको फ्रेन्च लिगको उपाधि जितेको थियो ।

त्यसैगरी पिएसजीमा आउन लागेका क्रिस्टोफे भने हाल फ्रेन्च लिगकै क्लब नीसका प्रशिक्षक हुन् । उनको नेतृत्वमा नीस यस बर्षको कोपा डे फ्रान्सको फाइनलमा पुगेको थियो । यस अघि उनी फ्रेन्च क्लब लिलेका प्रशिक्षक थिए । उनको नेतृत्वमा लिलेले २०२०-२१ को फ्रेन्च लिगको उपाधि जितेको थियो ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै