• २०८१ बैशाख ७ शुक्रबार

पुस्तक अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

kharibot

काठमाडौँ । राष्ट्रियसभाले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरिएको हो । 

विशेष समय 

 राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौड्यालले न्यायालय, आयोगलगायत राज्यका संरचना पछिल्लो समयमा कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, “ संसद्ले नागरिकता र कर्मचारीलगायतका ऐन ल्याउन सकेको छैन, सांसदको हैसियतले मलाई चिन्ता छ ।”  

सांसद बीना पोखरेलले बाढी र पहिराका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै प्रभावित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिन्। सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमा कार्यान्वयन भए-नभएकाबारे सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिइन् ।

उनले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गरीन् ।

सांसद नारायणदत्त मिश्रले किसानले मल अभावबारे भोग्दै आएको समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै