• २०८१ बैशाख ७ शुक्रबार

सिसिटिभी फुटेज हटाएको विषय संसदीय छानबिन हुनुपर्छ- ओली

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अर्थमन्त्रालयको सिसिटिभी फुटेज हटाइएको विषयको संसदीय छानबिन समिती बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीले थोरै समय दिएर संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका हुन् ।

उनले यस्ता विषयलाई छोडेर अगाडी जान नसकिने बताउदै १३ दिनमा सिसिटिभी फुटेज हटाउने अधिकार कसले दियो ? भन्ने प्रश्न गरेका छन् ।

उनले सरकारले आर्थिक वर्ष २०७९/०८० बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाए  । 

अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उनले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको पनि बताए । यसबारे छानबिन गर्न ओलीले माग गरे । 

अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै