• २०८१ बैशाख ७ शुक्रबार

नबिल र नेपाल बंगलादेश बैंकको असार २७ गतेबाट एकीकृत कारोबार

kharibot

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेको थियो ।

केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । 

नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै