• २०८१ बैशाख ७ शुक्रबार

भारतको हिमाचलमा बस दुर्घटनामा विद्यार्थीसहित १६ जनाको मृत्यु

kharibot

काठमाडौँ । भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा एउटा स्कुल बस ठूलो सडक दुर्घटनामा परेको छ । दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विद्यार्थीसमेत रहेको र बसमा ४० जना सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । 

जानकारीका अनुसार कुल्लु जिल्लाको साँजको शैनसरमा एक निजी बस दुर्घटनामा परेको हो । बस जाङ्ला गाउँबाट करिब दुई सय मिटर तल खसेको हो । घाइते हुनेमा बसका चालक र सञ्चालकसहित एक यात्रु रहेका छन् ।

दुर्घटनामा घाइतेलाई नजिकको अस्पतालमा लागिएको र उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै