• २०८१ बैशाख १२ बुधबार

सिनी शेट्टी बनिन् मिस इन्डिया २०२२

kharibot

काठमाडौँ । कर्नाटककी सिनी शेट्टी मिस इन्डिया २०२२ को विजेता घोषित भएकी छन् । गएराती मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना गरिएको ग्राण्ड फिनालेमा २१ बर्षिय शेट्टी मिस इन्डिया २०२२ को विजेता घोषित भएकी हुन् ।  

त्यस्तै, मिस इन्डिया २०२२ मा राजस्थानकी रुबल शेखावत फस्ट रनरअप घोषित भइन् भने उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप भइन् ।

हरेक पटक जस्तै यस पटक पनि मिस इन्डिया प्रतियोगिता आफैमा विशेष रह्यो । यसपटक यस प्रतियोगितामा ३१ सुन्दरी परीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । विभिन्न राज्यका विजेता मोडलहरू मैदानमा उत्रिएर र्‍याम्पमा तानिएका थिए ।

यस पूरै प्रतियोगितामा झारखण्डकी रिया टिर्कीलगायत केही मोडलको नाम निकै चर्चामा थियो । तर अन्त्यमा सिनी शेट्टीले मिस इन्डिया २०२२ को ताज जितेकी छिन् ।

मिस इन्डिया २०२२ को ग्रान्ड फिनालेको रेड कार्पेटमा बलिउड स्टारहरु देखिएका थिए । यस कार्यक्रमको रेड कार्पेटमा फिल्मी कलाकारहरु अवतरण हुनेबित्तिकै सबैको नजर उनीहरुमाथि नै अड्कियो । यस कार्यक्रममा मलाइ अरोरा, नेहा धुपिया, कृति सेननलगयातका अभिनेत्रीको उपस्थिति थियो । उनीहरु जजको रूपमा कार्यक्रममा सामेल भएका थिए । 

सन् २०२२ को मिस इन्डिया छनोट गर्ने जिम्मेवारी लामो प्यानलको थियो । ग्रान्ड फिनालेमा निर्णायकहरूको प्यानललिस्टमा एक होइन तर छ जना सेलिब्रेटीहरू थिए, जसमा मलाइका अरोरा, नेहा धुपिया, डिनो मोरिया, राहुल खन्ना, रोहित गान्धी र शम्मक दावर जजको रूपमा सामेल थिए । यति मात्र होइन, यस प्यानलमा भारतीय महिला क्रिकेट टोलीकी पूर्व कप्तान मिताली राज पनि थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै