• २०८१ बैशाख ८ शनिबार

किन हुदैछ बिल गेट्सको बायोडाटाको चर्चा ?

kharibot

काठमाडौँ । जब कुनै व्यक्ति नयाँ कामको खोजीमा हुन्छ, उसको बायोडाटा कस्तो छ, यो धेरै महत्त्वपूर्ण हुन्छ । काम पाउनको लागि पहिलो प्रक्रिया बायोडाटा हो र बायोडाटा हेरेपछि मात्र इच्छुक व्यक्तिलाई अन्तर्वार्ता वा थप प्रक्रियाको लागि बोलाइन्छ ।

चर्चित अर्बपति बिल गेट्सले आफ्नो ४८ वर्षअघिको जीवनयात्रा सामाजिक सञ्जालमा सेयर गरेका छन्, जुन उनले जागिरको लागि आवेदन गर्दा प्रयोग गरेका थिए ।

६० वर्षीय अर्बपति बिल गेट्सको बायोडेटा शेयर गर्दै उनले आजका युवाको बायोडेटा आफ्नो भन्दा राम्रो हुने लेखेका छन् । आफ्नो ४८ वर्ष पुरानो बायोडाटा सेयर गर्दै, बिल गेट्सले लिंक्डइनमा लेखेका छन्- तपाईं भर्खरको स्नातक वा कलेज छोड्नुभएको हुन सक्छ, तर तपाईंको बायोडेटा मेरो ४८ वर्ष पुरानो बायोडाटा भन्दा राम्रो हुनेछ ।

बिल गेट्सले आफ्नो बायोडाटामा सिस्टम स्ट्रक्चर, डाटाबेस म्यानेजमेन्ट, कम्प्यूटर ग्राफिक्स जस्ता धेरै कोर्सहरू गरेको देखाएका छन् । बिल गेट्सले सामाजिक सञ्जालमा सेयर गरेको बायोडाटामा धेरैले कमेन्ट गरेका छन् र बिल गेट्सलाई आफ्नो बायोडाटा साझा गरेकोमा धन्यवाद दिएका छन् । मानिसले आफ्नो पुरानो बायोडेटा राख्नुपर्छ ताकि भविष्यमा अगाडि बढ्दा आफूले गरेको काम सम्झन सकियोस् भनी मानिसहरूले कमेन्ट गरेका छन् ।

धेरै प्रयोगकर्ताहरूले बिल गेट्सको बायोडाटा एकदम शानदार रहेको र यी क्षणहरू साझा गरेकोमा उनलाई धन्यवाद दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्- 'यो ४८ वर्ष पुरानो बायोडाटा हो, अझै राम्रो देखिन्छ । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बिल गेट्सको बायोडाटा सेयर गर्नुभएकोमा धन्यवाद, उत्कृष्ट एक पृष्ठको बायोडाटा । हामी सबैले हाम्रो अघिल्लो बायोडाटाहरूको प्रतिलिपिहरू राख्नु पर्छ हामीलाई फिर्ता जान र हेर्नको लागि । कहिलेकाहीँ हामीले हाम्रो जीवनमा कति हासिल गरेका छौं भनेर बिर्सन्छौं ।'

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै