• २०८१ बैशाख ७ शुक्रबार

पहिराले बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

kharibot

बैतडी । सडक माथिबाट खसेको पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । 

आज दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीचबाटोमा अलपत्र परेका छन् ।

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै