• २०८१ बैशाख ७ शुक्रबार

नेप्से ५७ अंकले बढ्यो

kharibot

काठमाडौं । नेप्सेमा आइतबार ५७ अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ५७.६५ अंकले बढेर २०८६.४२ विन्दुमा पुगेको हो । आइतबार सेन्सेटिभ इन्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.७३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०८ अंकले बढेको छ ।

त्यस्तै आइतबार २३१ कम्पनिको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब ४८ करोड ४ लाखको कारोबार भएको छ ।

आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन जलविद्युत कम्पनि, नेस्ड़ो लघुवित्त र सीवाइसी लघुवित्त कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज बैंक अफ काठमाडौँको डभेन्चर २०८६ को शेयर मुल्य सबैभन्दा बढी ९.३१ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा एंगाडी  ग्रुप अफ पावरको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज २२ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै